Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा भारी गिरावट, बजार २८५८.९० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१९ कम्पनीको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर खरिद बिक्री हुँदा रू.१३ अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा ट्रेड टावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, सन्भि इनर्जी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK