काठमाडौँ । एक वर्षमा सेयर बजारबाट १८ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारबाट १८ अर्ब २२ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
वार्षिक रुपमा सेयर बजारबाट यति धेरै राजस्व संकलन भएको यो पहिलो पटक हो । यसअघि सरकारले आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक १४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत आर्थिक वर्षमा सरकारले पूँजीगत लाभकरबाट १६ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ र अग्रिम करकट्टीबाट १ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दुई गुणा बढी हो ।
अघिल्लो आर्थिक वर्षमा सरकारले सेयर बजारबाट ६ अर्ब १५ करोड ३८ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या ७० लाख १० हजार ९ सय १६ रहेको छ । तर, डिम्याट खाता खोलेको सबैले दोस्रो बजारमा कारोबार गरेका छैनन् । दोस्रो बजारमा सेयर कारोबारका लागि ४१ लाख ८९ हजार ६ सय ७७ जनाले खाता खोलेका छन् । तीमध्ये २६ लाख ५१ हजार २० जना पुरुष, १५ लाख २८ हजार ६ सय ११ जना महिला र बाँकी १० हजार ४६ वटा संस्थागत लगानीकर्ता रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्