×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाइमा अटो शोः गाडी किन्ने भन्दा बेच्ने र खिच्नेको भीड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाइमा अटो शोः गाडी किन्ने भन्दा बेच्ने र खिच्नेको भीड !

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा गाडी किन्ने भन्दा बेच्ने र फोटो/भिडियो खिच्नेको भीड बाक्लो छ । आज (बुधबार) देखि सुरु भएको एक्स्पोमा बेच्ने र खिच्नेको भीड बढी छ ।

यसो त एक्स्पोको पहिलो दिन भएकाले सञ्चारकर्मी बढी हुँदा फोटो/भिडियो खिच्नेको भीड बढी भएको हुनसक्ने नाइमाका एक सदस्यले बताएका छन् । तर, एक्स्पोमा फोटो/भिडियो खिच्ने बढी मात्र थिएनन्, बरु एक्स्पो हेर्न जानेहरुको संख्या निकै कम थियो । 

एक्स्पोको पहिलो दिन प्राय प्रत्येक स्टलमा क्यामेरामेन राखिएका छन् । क्यामेरामेनसँगै प्रत्येक स्टलमा २/३ जना उसैका सहयोगी यताउता उभिएका देखिन्छन् । 

अर्कोतर्फ स्टलमा २/३ जना ‘मोडल’, गाडीका फिचर्सका बारेमा ब्रिफिङ गर्ने २/३ जना, थप ३/४ जना स्टलमा राखिएका गाडीहरु सफा गर्नेहरु राखिएका छन् । यसरी एउटै स्टलमा सोही स्टलका कर्मचारी मात्रै १०/१२ जना देखिन्छन् । त्यसबाहेक स्टल अवलोकन गर्न आउनेको संख्या भने छिटपुट मात्रै छ । पहिलो दिन भएकाले सञ्चारकर्मीहरु त हुनै नै भए ।

यसरी समग्रमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन एक्स्पोमा चहलपहल साह्रै कम देखिएको छ । अपेक्षा गरे अनुसार चहलपहल नहुँदा आयोजकसँगै एक्स्पोमा स्टल राखेका कम्पनीहरु निराश देखिएका छन् ।

नाइमा भर्खरै स्थापना भएको संस्था भएकाले पनि नाइमाको अटो शोमा केही फरक हुने अपेक्षा गरिएको थियो । तर, ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ विगतका अटो शो जति पनि व्यवस्थित नभएको एक्स्पो पुग्नेहरुले बताएका छन् । यसै पनि नाइमाको अटो शो हेर्न पुग्नेहरुको संख्या साह्रै कम छ । त्यसैमाथि खास नयाँ केही नहुँदा पनि एक्स्पो पुग्नेहरुमा खास उत्साह देखिएको छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी