×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिएमएस खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टिएमएस खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य !

Artha Sarokar

१६ श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अबदेखि कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) खाता खोल्दा राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सूचना जारी गर्दै टिएमएस खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने जनाएको छ । 

योसँगै अब टिएमएस खाता खोल्दा भरिने ग्राहक पहिचान (केवाईसी) विवरणमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य रुपमा प्रविष्ट गर्नुपर्नेछ ।

राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहक पहिचान र सम्पुष्टि गर्ने व्यवस्थाको कार्यान्वयन तथा केवाईसीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्नुका साथै सोको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएको नेप्सेले जानकारी दिएको छ ।

त्यस्तै, आफ्नो छुट्टै टिएमएस प्रयोग गरिरहेका ब्रोकर कम्पनीहरुलाई पनि टिएमएस खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नेप्सेले आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी