काठमाडौँ । साउन २३ गते (शुक्रबार) देखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तीन दिन बन्द हुने भएको छ ।
शुक्रबार र शनिबार बजार नियमित रुपमा बन्द हुनेछ । साउन २५ गते (आइतबार) भने बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाईजात्रा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि आइतबार पनि नेप्से बन्द रहनेछ । यसरी शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन नेप्से लगातार बन्द रहनेछ ।
साताको कारोबारको अन्तिम दिन १८.३० अंकले बढेर २८५०.३७ बिन्दुमा पुगेर बन्द भएको नेप्से अब सोमबार बिहान ११ बजे खुल्नेछ ।