Skip to content
LAXMI SUNRISE BANK

दोहोरो अंकले घट्यो नेप्से, सबै सूचक राताम्य

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१.०० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, ओरियण्टल होटल्स लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK