Skip to content
LAXMI SUNRISE BANK

दोहोरो अंकले घट्यो नेप्से, सबै सूचक राताम्य

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ३३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३९ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK