Skip to content
LAXMI SUNRISE BANK

बुधबार १०.५० अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार वलेफी हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ३४ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, १०.२५ % केबिएल डिबेन्चर २०८६का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK