काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार वलेफी हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ३४ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, १०.२५ % केबिएल डिबेन्चर २०८६का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्