Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २६.२२ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २६ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सिटि होटल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, सिक्लेस हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK