Skip to content
LAXMI SUNRISE BANK

आइतबार २७.१४ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबारको बजारमा आरविवि म्युचुअल फण्ड-१का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK