Skip to content
LAXMI SUNRISE BANK

आइतबार ३१.१७ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मुल्य मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, ग्लोबल आइएमई समुन्नत योजना-२ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK