Skip to content
LAXMI SUNRISE BANK

मंगलबार बढ्यो नेप्से परिसूचक, साढे ५ अर्बमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ६३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ३१ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सन्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK