काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार लिवर्टी इनर्जी कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३९ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सिक्लेस हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्