×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकर नम्बर २२ का महाप्रबन्धकलाई ३ दिन थुनामा राख्न अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ब्रोकर नम्बर २२ का महाप्रबन्धकलाई ३ दिन थुनामा राख्न अनुमति

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका ब्रोकर नम्बर २२ (सिप्रवि सेक्युरिटिज)का महाप्रबन्धकलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौँले ब्रोकर नम्बर २२ का महाप्रबन्धक जयन्त श्रीवास्तवलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

श्रीवास्तवलाई प्रहरीले सेयर कारोबारी दिपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो । श्रीवास्तवविरुद्ध यसअघि असार ९ गते नै पक्राउ पुर्जी जारी भएको थियो । 

श्रीवास्तव साउन २० गते आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । सोही बेला थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । हाल जिल्ला प्रहरी परिसर काठमाडौँले श्रीवास्तवविरुद्ध ११ करोड ५५ लाख रुपैयाँ ठगी आरोपमा अनुसन्धान अघि बढाएको छ । 

श्रीवास्तवसहित अग्रवालले ब्रोकर नम्बर २२ का अध्यक्ष रविराज भट्टराई, प्रबन्ध निर्देशक सतिश कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध पनि उजुरी दिएकी छिन् । अरु भने सम्पर्कमा नभएका कारण पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी