काठमाडौँ । ओमानमा सेयर बजार तथा वित्तीय सचेतना सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अगस्ट १७ (आइतबार) ओमानको राजधानी मस्कटमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम मस्कटको शिवस्थित मःम किङ्ग रेस्टुरेन्टको हलमा भएको थियो ।
कार्यक्रममा ओमानमा रहेका नेपाली डाक्टर, इन्जिनियर लगायत विभिन्न पेशामा आबद्ध करिब ४० जना नेपालीहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सेयर गुरु सुवासचन्द्र भट्टराईले सेयर बजारको विषयमा लगानीकर्तालाई ब्रिफिङ गरेका थिए ।
उनले नेपाली सेयर बजारको राम्रा र नराम्रा पक्षहरु बुझाउँदै विदेशमै बसेर सुरक्षित रुपमा कसरी लगानी गर्ने ? भन्ने विषयमा जानकारी गराएका थिए । अन्तरक्रिया फलदायी रहेका सहभागीहरुले बताएका छन् । अन्तरक्रिया कार्यक्रमलाई भिजन सेक्युरिटिजले सहकार्य गरेको थियो भने मिडिया पार्टनरका रुपमा अर्थ सरोकार रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्