×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमै ५० अर्बले बढ्यो सेयर धितो कर्जा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक वर्षमै ५० अर्बले बढ्यो सेयर धितो कर्जा

Artha Sarokar

९ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा सेयर धितो कर्जा ५६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको गत आर्थिक वर्षको वित्तीय रिपोर्ट अनुसार गत आर्थिक वर्षमा सेयर धितो कर्जा ५० अर्ब रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । जबकी अघिल्लो आर्थिक वर्षमा ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । 

राष्ट्र बैंकको रिपोर्ट अनुसार गत आर्थिक वर्षमा एक करोडमाथिको सेयर धितो कर्जा ७६.९ प्रतिशतले बढेको छ भने एक करोडमाथिको कर्जा ९८ अर्ब ९२ करोड प्रवाह भएको छ ।

त्यस्तै, ५० लाखदेखि १ करोडसम्मको कर्जा २९ प्रतिशतले बढेको छ भने २५ देखि ५० लाखसम्मको कर्जा २१.८ प्रतिशतले बढेर १७ अर्ब ५६ करोड पुगेको छ । त्यस्तै, २५ लाखमुनिका कर्जा ११.८ प्रतिशतले बढेर ८ अर्ब १७ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई २५ करोडसम्म सेयर कर्जा प्रवाह गर्न पाउँछन् । संस्थागत लगानीकर्ताको हकमा भने यस्तो सीमा छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी