काठमाडौँ । सेयर लगानीकर्ताका पाँच संगठनले दोहोरो अन्तराष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईएसआईएन) तत्काल लागु गर्न माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै लगानीकर्ताका पाँच संगठनले आईएसआईएन) तत्काल लागु गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले ऐक्यवद्धता जनाएका छन् ।
उनीहरुले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अघि सारेको आईएसआईएन सम्बन्धी निर्देशिका स्वागतयोग्य भएको भन्दै उक्त निर्देशिकाको मस्यौदा तत्काल स्वीकृत गरी कार्यान्वयन गर्न माग गरेका छन् । यसले संस्थापक सेयरधनीहरुले लकइन अवधि नखुल्दै सेयर बेच्ने प्रवृत्तिको अन्त्य हुनेमा विश्वास गरिएको छ ।
अर्कोतर्फ दोहोरो आईएसआईएनको व्यवस्थाले सेयर बजार थप पारदर्शी हुनुका साथै सेयर बजारप्रतिको विश्वसनियता बढाउने पनि सेयर लगानीकर्ताहरुले विश्वास व्यक्त गरेका छन् । त्यस्तै, धितोपत्र बोर्डले कम्पनीको आईपीओ, हकप्रद सेयर आउनुभन्दा अगाडि कम्पनीको सुशासन, जोखिम बहन गर्ने क्षमता, पारदर्शिता, व्यवस्थापन एवम् कम्पनीको व्यावसायिक योजनाको अध्ययन गरेर मात्र स्वीकृत गर्ने व्यवस्था गर्न समेत उनीहरुले माग गरेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्