सिद्धार्थ बैंकले कुल १ अर्व ८६ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो बर्षको तुलनामा २२० प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकको वितरित गर्न योग्य नाफा केवल ५८ करोड रुपैयाँ मात्र थियो।
बैंकले रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ । यसरी रकम छुट्याएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएकोछ।
हाल बैंकको कुल निक्षेप १६.१६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।
बैंकले प्रकाशन गरेको विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी (EPS) २४.१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २१९.९७ रुपैयाँ, तथा पुँजीकोष अनुपात ११.७७ प्रतिशत भने बैंकको ब्याजदर स्प्रेड ३.९८ प्रतिशतमा छ, भने औसत कर्जा ब्याजदर ६.४२ प्रतिशत छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्