काठमाडौँ । नाडा अटो मोबाइल्सभित्र स्वार्थ नमिलेपछि केहि व्यवसायीहरुले नाइमा नामको संस्था खोले । ऋतु सिंह वैद्यको नेतृत्वमा खुलेको सो संस्थाको चहलपहल केही दिन अघिसम्म हेर्दा पनि लाग्थ्यो, अव नाइमाले नाडालाई जित्ने भो, नाइमा कडा भएर बजारमा आउँदैछ । नाइमा अटो शोको हल्लाखल्ला पनि सानो थिएन । अझ मिडियालाई त रजिष्ट्रेसन नै गर्ने व्यवस्था गरिएपछि त धेरै संचारकर्मीलाई पनि लागेको थियो- ओहो नाइमा मोबिलिटी एक्स्पो गज्जब हुने देखियो । तर जव नाइमा मोबिलिटी एक्स्पो सुरु भयो, अवस्था केही फरक देखियो । नाडालाई सर्प्राइज दिने ध्याउन्नमा नाइमाका समर्थकहरु आफैं सर्प्राइज भए ।
सुरुमा बिजोगका कुरा गरौँ
१. नाइमा मोबिलीटी एक्सपो गाडी किन्नेहरुका लागि गरिएको एक्स्पो थियो । तर एक्स्पोमा गाडी किन्नेहरु नै निकै कम आए । एक्स्पो हेर्दा गाडी किन्ने भन्दा बढी त आयोजक र मिडियाकर्मी थिए । जुन स्टलमा गए पनि त्यहाँ आयोजक नै बढी देखिन्थे । सोधखोज गर्न आउनेहरु निकै कम थिए । भएका केहीले सबैतिर सोधीखोजी गरिरहेका थिए । तर पनि चलेका ब्राण्ड निकै कम मात्र थिए नाइमाको एक्स्पोमा । समग्रमा भन्दा गाडी किन्ने रहर नै गरेर एक्स्पोमा पुगेकाहरु नै निराश बनेर फर्किए ।
२. नाइमा मोबिलिटी एक्स्पोको व्यवस्थापन यतिसम्म झुर हुन्छ होला भन्ने कुरा कसैले परिकल्पनासमेत गरेको थिएन सायद । नयाँ गाडी हेर्न जान भृकुटीमण्डप पुगेकाहरु पार्किङ्गमै तनावमा थिए । नाइमाले नेपाल पुलिस क्लबमा व्यवस्थित पार्किङ्गको व्यवस्था गरेको दाबी गरेको थियो । तर सो पार्किङ त नाइमाकै आयोजक र पदाधिकारीहरुको गाडीले भरिएको थियो । भृकुटी मण्डपमा पार्किङ्ग गर्न पुगेका भिजिटरहरुलाई गाडी कसैले स्क्र्याच गरिदिएला भन्ने पीर थियो । नभन्दै निकै भिड भएकाले छोइयो, दुई गाडी त स्क्र्याचको सिकार नै भए । तर कसले जिम्मा लिने ? अझ लाजै पचाएर त्यहाँका सेक्युरिटी गार्ड भन्दै थिए, पुरानो गाडीलाई अझ पुरानो नबनाई नयाँ कसरी किन्नु ? लगभग जाँदा २० मिनेट, फर्किंदा २० मिनेट, भिजिटरको समय पार्किङ्गमा सकियो । जाँदै पार्किङ्गको तनाव, फर्किंदा पनि गाडी निकाल्ने तनाव । जाँदा दिक्दार भएर गएको भिजिटर फर्किंदा नाइमालाई सराप्दै फर्कियो । सबैको कथा यस्तै नभए पनि अधिकांशको कथा यस्तै थियो ।
३. नाइमाले मिडिया संयोजक पनि तोकेको थियो । प्रतिक अर्याल नामधारी व्यक्तिले मिडियाका साथीहरुलाई पासका लागि भन्दै नाइमाको वेव साइटमा नाम रजिष्ट्रेसन् गर्न पनि लगाएका थिए । तर यो सब नाटक रहेछ । अफिसको कार्डसहित मिडिया पासका लागि काउन्टरमा पुगेकाहरुलाई खल्तीका कर्मचारीले सुनाए, ‘खै मिडिया रजिस्टर गरिएको कुरा थाहा नै छैन ।’ पछि खुरुखुरु भित्र छिर्न जाने व्यवस्था रहेछ । कतै नदेखाउनुपर्ने भए किन दर्ता गर्न लगाइयो नाइमा नै जानोस् । तर नाइमाले मिडियाका साथीहरुलाई नै प्र्यांक गर्यो ।
मिडियाका साथीहरुको दुखेसो यति मात्र थिएन । मिडिया संयोजक तोकिएका व्यक्तिले नजिकका, पकेटका केही व्यक्तिहरुलाई बोके । राम्रो राम्रो लेखिदिने सर्त मानिदिने साथीहरुलाई मात्र पदाधिकारीको अन्तर्वार्ताका लागि समय मिलाईदिए । उद्घाटन सत्र सकिएपछि अध्यक्षसहित अन्य पदाधिकारीहरुलाई मिडियाले भेटेनन्, भेट्न नदिन मिडिया संयोजकले भूमिका खेलेको प्रष्ट देखियो ।
अझ मिडिया रिलिज र फोटो त राती सुत्ने बेलामा पठाइयो । मिडिया कन्टेन्टको जिम्मा लिएकाहरु दिउँसोभर त्यहीं निदाए कि अल्छिपनले हद नाघेको हो उनीहरु नै जानुन, राती उठेर समाचार अपडेट गर्ने कम भए । पत्रिकाहरुले जिनतिन छापे, अन्त ठण्डाराम ।

परिणाम, मिडियाहरुले पनि नाइमाको स्ट्यातस उदाङ्गो पारिदिए । सम्भवत: यसरी कुनै एक्स्पो यो हदसम्म फ्लप भएको यति धेरै क्रिटिकल न्युज बजारमा आएको यो पहिलो पटक थियो । केहीले नाडा फ्लप भएको तथ्य लेखे, कतिले मिडिया संयोजकको दादागिरी बारे बोले । जे होस्, मिडियामा पोजेटिभ न्युज केहिमा मात्र आयो, किन आयो त्यो सबैलाई थाहा छ । मिडिया व्यवस्थापनमा नाइमा त चुकेको हो नै, त्यहाँ भन्दा बढी माहोल मिडिया संयोजकले बिगारिदिए ।
४. नाइमा अटो शोमा प्रायोजन गर्नेहरुको लगानी त खोलामै बग्ने देखियो । उदाहरणका लागि एभरेष्ट बैंक । एभरेष्ट बैंकका कर्मचारीहरु निन्द्राले हाईहाई गरिरहेका देखिन्थे । अटो लोनका बारेमा बुझ्न आउनेहरुको संख्या निकै कम थियो। अव अरुको धेरै कुरा गर्न नै परेन । प्रायोजकहरुको हरिबिजोग देखियो ।
५. मान्छे कम आएपछि नाइमाले यतिसम्म नाटक गर्नुपर्यो कि के भन्ने ? टिकट नगन्य बिक्री भएपछि कतिपय व्यवसायीले नाक जोगाउन आफैं कतिको टिकट काटीदिए । खल्ती वालेटले एक्सपोमा गरेको खर्च खोलामै बग्ने देखियो । ५००० पनि मुस्किलले पुगेको एक्सपोमा १५ हजार पुगे भनेर प्रायोजित समाचारको खेती गरियो ।
६. नाइमामा डिस्काउन्ट अफरको चटक सानो चलेको छैन । सुरुमा १५ लाख रुपैयाँ बढी मोलेर १ ० लाख छुट भन्ने नाटक गरिएको छ । गाडी किन्ने मान्छे अनपढ हुन्छन् भन्ने भ्रम पालेर सायद, छुट र अफरको मनपरी चलेको प्रष्ट देखियो ।
समग्रमा भन्दा नाइमाको शो, सुपर फ्लप बन्यो ।
किन यस्तो भयो ?
१. पहिलो कुरा त एक्स्पोको तयारी गतिलो थिएन । हल्ला मात्र गरिएको थियो, तयारी राम्रो थिएन ।
२. कसैले माने पनि नमाने पनि नाडा अटो शोमै गएर हेरौंला भनेर बसेका ग्राहकसम्म नाइमा पुग्दै पुगेन । नाइमा र नाडामा राजनीति पनि राम्रै भयो, जसले नाइमा शोलाई फ्लप बनायो ।
३. नाइमाले गलत मान्छेलाई मिडिया संयोजक बनायो, जसले मिडियालाई संयोजन गर्ने होइन, रिसाउने बनाईदियो ।
४. पार्किङ्गको व्यवस्था झुर भयो, भिजिटरको वास्ता खासै कसैलाई भएन, सबैको आआफ्नै सुर भयो ।
५. र सबै भन्दा महत्वपूर्ण कुरा राम्रा ब्राण्ड नाइमाको शोमा नै आएनन वा कम आए । नाम नै नसुनेको ब्राण्डमा
लाखौँ पैसा हालेर कसले रिस्क लिने । यसै त इभि के हो के हो भन्ने स्थिति छ, त्यसमाथि नाम नै नसुनिएका ब्राण्डमा पैसा खन्याउने कुरा नै भएन ।
अव नाइमाले गरेका राम्रा कामको पनि कुरा गरौं
नाइमाले एक्स्पो गरेर व्यवसायीको करोडौं स्वाहा भए पनि, एक्स्पोको खर्च नै नउठ्ने स्थिति भए पनि नाइमाकै कारण एउटा अर्को अटो शो थपियो । व्यवस्थापकले पैसा राम्रै छापे, मिडिया संयोजकले जागिर पाए, केहि मिडियाहरुलाई राम्रै बिजनेश दिए, वरपरको पानीपुरी पसल राम्रै चल्यो, मिडियाले कन्टेन्ट पाए, पत्रकारहरुले प्रेस रिलिजको जागिर पाए, केहि चेलीहरुले मोटर अगाडी उभिएर मुसुक्क हाँस्ने जागिर पाए, गाडी कम्पनीका कर्मचारीले शोरुममा बस्न बाट छुट्टी पाए, छुट्टी मनाए ।
तर सरकारले खासै केही पाएन । व्यवसायीहरुले घाटा नै पाउने निश्चितप्राय: छ । यति हो, छाती फुलाएर नाइमाका अधिकारीहरुले भन्न पाए -जस्तो सुकै होस् नाडाको मोनोपोली त तोडियो नि, होइन र ?
नाइमा एक्स्पोमा जाने रहर गर्नुभएको छ भने पठाओ चढेर जानुहोला । अझ पठाओभन्दा यांगो सस्तो छ क्यार, जानुहोला । पार्किङ झुर छ, आफ्नो गाडी लिएर नगएको राम्रो । यसो हेर्दिम न त भन्दा ठिकै हो, तर नयाँ केही छैन नाइमामा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्