×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकमा यसरी भयो घोटाला, पक्राउ परे कर्मचारी, कसले के-के गरे ? (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकमा यसरी भयो घोटाला, पक्राउ परे कर्मचारी, कसले के-के गरे ? (भिडियोसहित)

Artha Sarokar

२६ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । के तपाईंको महालक्ष्मी बिकास बैंकमा खाता छ ? के तपाईंले आफुले मेहेनत गरेको रकम महालक्ष्मी बिकास बैंकमा राख्नु भएको छ ? यदी छ भने तपाईंका लागि आज दुखको खबर छ । कारण, ग्राहकले राखेको रकम अपचलन गरेर महालक्ष्मी बिकास बैंकका कर्मचारीले जुवा खेल्ने गरेको र बैंकमा ग्राहकले राखेको रकम बैंकको भल्टमा नरहने गरेको डरलाग्दो तथ्य बाहिरिएको छ ।

घटना महालक्ष्मी बिकास बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाको हो । त्यहाँ रहेको महालक्ष्मी बिकास बैंकका कर्मचारीले ग्राहकले बैंकमा जम्मा गरेको रकमलाई १ एक्स बेटमा लगाउँदा रहेछन् । पैसा बैंकको, नाफा भए आफ्नो । पूँजी बैंकको, फाइदा आफुलाई । सुरुमा केहि हजार, केहि लाख हुँदै कर्मचारीहरुले बैंकको करोडौं रुपैयाँ चलाए । हुँदा हुँदा बैंकको अपचलन भएको रकम २ करोड ८५ लाख रुपैयाँ पुगेको तथ्य बाहिरिएको छ । हाल ती कर्मचारीहरु सबैलाई निलम्बन गरेर बैंकले थप अनुसन्धान गरिरहेको छ । यसै पनि बैंकमा ग्राहकको रकम अपचलन हुनु निकै सिरियस विषय हो, त्यसमाथि पनि नेपालमा अवैध १ एक्स बेटमा ग्राहकको रकम अपचलन गरेर हालिएको छ, जुन अक्षम्य अपराध हो । तर बैंकको बदनाम हुने डरले यो विषय भित्रभित्रै सामसुम गर्न खोजेको थियो । तर यस विषयमा अर्थ सरोकारले समाचार ब्रेक गरेपछि भित्रभित्रै घटना सामसुम पार्ने बैंकको प्रयासमा ब्रेक लागेको छ । भलै, बैंकले अझै पनि घटना लुकाउने, आफ्ना कर्मचारीलाई जोगाउने र यो घटना प्रहरी समक्ष नपुर्याउनेगरी काम गरिरहेको छ ।

हाल सो साखाका सबै कर्मचारीहरु निलम्बनमा परेका छन्, र बैंकको हेड अफिसबाट ४ जनाको टोली दार्चुला पुगेको छ । सुरुमा प्रहरीमा नजाने र बैंककै कर्मचारीबाट पैसा असुल्ने प्रयास बैंकको थियो । बैंकको आन्तरिक टोलीले त्यहाँको मुचुल्का उठाएर हेड अफिसमा रिपोर्टिङ गरिरहेको छ । शुक्रबार विहानदेखि कार्यालयको सीसीटिभी चेक गर्ने, भल्ट चेक गर्ने, कर्मचारीहरुलाई सोधपुछ गर्ने काम भएको थियो भने शनिबार प्रहरीले बैंकका कर्मचारीहरुलाई उठाएर प्रहरी भ्यानमा हाली जिल्ला प्रहरी कार्यालयसम्म ल्याएर सोधपुछ गरेको थियो । तर अवैध जुवाजस्तो संवेदनशील विषय जोडिएकाले प्रहरीले पनि यो विषयमा चासो राखेको छ, र कर्मचारीहरुलाई सोधपुछ गरिरहेको छ । बैंक अहिले कुनै पनि हालतमा सो पैसा उठाउने ध्याउन्नमा छ र पछि जाहेरी दिने भन्दै प्रहरीलाई छक्याउने प्रयास गरिरहेको छ । प्रहरीले पनि जाहेरी नआएको खण्डमा अनुसन्धान प्रक्रिया अगाडी बढाउन नसक्ने हुँदा सामान्य सोधपुछ गरेर घटना प्रहरीको अनुसन्धानमै छ भन्ने देखाउन खोजिरहेको छ ।

१ एक्स बेटको खेलले खोल्यो पोल !
बैंकका कर्मचारीका अनुसार बैंकको दुरुपयोग गरिएको पैसामध्ये धेरै रकम १ एक्स बेटमा लगाइएको छ । १ एक्स बेटमा लगाइएको रकममध्ये धेरै पैसा हारिसकेका कारण पनि अव कर्मचारीसँग पैसा बाँकी छैन । बैंकका ती कर्मचारीका अनुसार सिष्टममा पैसाको रेकर्ड छ, तर पैसा दुरुपयोग भएको छ । बैंकले ती कर्मचारीहरु यसअघि पनि बैंकको पैसा अपचलनमा संलग्न रहेको, बैंकका कर्मचारीहरुले वान एक्स बेटमा जुवा खेल्ने गरेको तथ्य भेटेको छ ।

घटना बाहिरिएपछि बैंकका तत्कालीन शाखा प्रबन्धक मोबाइल अफ गरेर बसेका छन् । बैंकका गुनासो सुनुवाई अधिकृत बसन्त बस्कीले आफु बिदामा भएकाले घटनाबारे विस्तृत विवरण थाहा नभएको भन्दै सूचना अधिकारी अनुज आचार्यलाई फोन गर्न आग्रह गरे । तर, अरु बेला फोन उठाईहाल्ने आचार्यले यो घटना बाहिर आएपछि मिडियाको फोन उठाएका छैनन् । यस विषयमा जानकारी लिन खोज्दा बैंकका सीइओ दिपेश लम्सालले पनि फोन काटे । घटनाको पुष्टी गरेका बैंकका एक उच्च अधिकारी भने यस विषयमा बैंकका सीइओले बाहिर नबोल्न, र सुरुमा पैसा उठाउन निर्देशन दिएको बताउँछन् । जनताको पैसामा बैंकका कर्मचारीले गरेको हदैसम्मको मनपरी पछि स्वयम् बैंकको होस् आवास उडेको छ । घटनापछि बैंकका ग्राहकहरु आत्तिएका छन् । आफ्नो पैसा बैंकका कर्मचारीले जुवा खेलेर सिध्याईदिने गरेको थाहा भएपछि बैंकबाट पैसा निकाल्नेहरु बढेका छन् । भलै, बैंकमा ग्राहकको पैसा नै डुब्ने भन्ने हुँदैन, र पनि कुरा विश्वासको न हो, खासै बैंकिङ नबुझेकाका ग्राहकहरु आत्तिनु स्वाभाविक हो ।र अहिले बैंकबाट पैसा निकाल्नेहरु बढिरहेका छन् ।

प्रहरीसम्म नजान खोज्दै महालक्ष्मी बिकास बैंक
यता बैंक सकेसम्म केस प्रहरीसम्म नपुगोस् भनेर आफ्नो बल लागिरहेको छ । प्रहरीलाई घटनाबारे थाहा छ, तर उसले केस लिने बित्तिकै कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी गर्नुपर्ने र अदालतमा मुद्धा दर्ता गर्नुपर्ने भएकाले बैंकले प्रहरीलाई यस विषयमा सहयोग गरिरहेको छैन । बैंक पनि सकेसम्म कर्मचारीलाई थुन्ने भन्दा पनि आफ्नो पैसा उठाउने ध्याउन्नमा छ, जुन अस्वाभाविक त छैन तर, जुवाजस्तो संवेदनशील विषय जोडिएकाले कर्मचारीलाई कर्याप झ्याप पारेर थुन्नुपर्नेमा बैंकले केसलाई सकेसम्म प्रहरी नपुगोस् भनेजसरी काम गरिरहेको छ ।

हुन त महालक्ष्मी बिकास बैंकमा घोटाला हुनु नौलो कुरा भने होइन । यसअघि यो बैंकमा घटेका सुनकाण्डका फेहरिस्त लामै छन् । बैंकमा घोटालाका केसहरु बग्रेल्ती छन् । तर यसपालीको घटना केहि विशेष छ, केहि फरक छ । अहिले घटना अनुसन्धानकै क्रममा भएकाले प्रहरी र बैंकले यो केसमा दुधको दुध, पानीको पानी निकालोस्, भएको के हो, त्यो लुकाएर जनता र बैंकका शुभचिन्तकहरुलाई झुक्याउने काम नहोस् । नियामक नेपाल राष्ट्र बैंक लगायतका तत् तत् निकायले पनि यो विषयलाई विशेष ध्यान देओस् । (भिडियो)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी