×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोर्स गाडीका कारण सडकमा आइयो भन्दै पीडित मिडियामा, भन्छन्- ‘घर खेत गइसक्यो’ (भिडियोसहित) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फोर्स गाडीका कारण सडकमा आइयो भन्दै पीडित मिडियामा, भन्छन्- ‘घर खेत गइसक्यो’ (भिडियोसहित) 

Artha Sarokar

२६ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । बजारमा मेला चल्यो, यो गाडी गज्जब छ भनेर कसैले गफ दियो । हेर्दा चट्ट राम्रो, बजारमा राम्रै फाईफुँई । यति भएपछि के चाहियो । त्यसपछि त खनखनी पैसा तिर्यो, वा स्वाट्ट चेक काट्यो अनि किन्यो गाडी । तर जव भनेको जस्तो फिचरले काम गरेन, इन्जिनले समस्या दियो, र कम्पनीले सुनेन । व्यवसायका लागि किनेको गाडीले व्यवसाय नै बर्बाद बनायो, आफ्ना लागि किनेको सवारीले लक्जरी होइन तनाव दियो । त्यसपछि के गर्नु ? रोयो करायो, तर सुनिदिने कसले ? बुझिदिने कसले ? कम्पनीले पैसो पाएपछि वास्ता गर्ने कुरै भएन, आफ्नो दुख आफैसँग

हो, यस्तै भयो दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिका महासचिव देवान राईलाई पनि । काठमाडौँका यात्रुलाई खोटाङसम्म पुर्याउँथे, व्यापार राम्रै चलेको थियो । यही बीचमा उनले आयाम इन्टरकन्टिनेन्टल  नामधारी कम्पनीको एउटा अफर सुने । जर्मनी मर्सिडिज ब्राण्डको इन्जिन भएको सबै फिचर गतिलो भएको, तीन वर्ष वा तीन लाख किलोमिटरको वारेन्टी भएको गाडी । ओहो सुन्दै गज्जब । यतिको गाडी किनियो भने त व्यवसाय पनि चम्किन्छ, पैसा पनि कमाइन्छ । अझ मूल्यमा पनि छुट छ रे ।  यति भएपछि उनले थप केहि सोचेनन् । ४१ लाख ५० हजार पर्ने गाडीलाई १ लाख छुट पाएर ४० लाख ५० हजारमा किने । 

तर गाडीमा त एक महिनापछि नै समस्या  देखियो । गुड्दा गुड्दै इन्जिन बन्द हुने भइरह्यो । इन्जिनले पर्फर्मेन्स पनि दिएन । एक महिनामै समस्या आएपछि गाडी साटिदिन आग्रह गरे । तर वारेन्टी छ, कम्पनीले बनाइदिन्छ भनेर फर्काइयो । कम्पनीले गाडी त बनाइदियो तर एक महिनापछि पनि उस्तै समस्या देखियो । त्यसपछि उनले गाडी कम्पनीकै जिम्मा लगाए । कम्पनीले फेरी गाडी बन्यो भनेर बोलायो । उनले गाडी लगे, तर गाडी फेरी अर्को महिना नै बिग्रियो । एक एक महिनामा गाडी बिग्रन थालेपछी उनले कम्पनीलाई पैसा नै फिर्ता मागे ।

गाडी बिग्रेको बिग्र्यै गरेपछि उनको व्यवहार पनि बिग्रियो । बैंकको ऋणले पिरोल्न थाल्यो । उनले पैसा फिर्ता पाउँ भनेर अनुनय विनय गरे । तर उनका अनुसार कम्पनी अव अव धम्की दिन थाल्यो, जे सक्नुहुन्छ गर्नुस् भन्न थाल्यो । केही सीप नलागेपछि उनले उपभोक्ता अदालतमा कम्पनीले ठगी गरेको भन्दै मुद्दा हालेका छन् । उनी भन्छन्, ‘फोर्स भन्दा खत्तम गाडी कुनै रहेनछ । ठाउँ ठाउँमा बिग्रीरहन्छ, गाडी चल्दा चल्दै कहिले इन्जिनमा कहिले कता समस्या देखिईरहन्छ ।  बनाउन पनि गाडी महँगो छ ।’  हदै भएपछि अहिले उनीसहितका व्यवसायीहरुले फोर्सले आफुलाई ठगी गरेको भन्दै पत्रकार सम्मेलन गरे र आफ्नो दुख पोखे यसरी ।

यता कम्पनीको दाबी भने अर्कै छ । आयाम इन्टरकन्टिनेन्टलका सञ्चालक ध्रुव थापा चालकको लापरबाहीका कारण इन्जिन जाम भएर गाडी बिग्रिएको दाबी गर्छन् ।  बेलैमा सर्भिसिङ नगर्दा समस्या आएको थापाको दाबी छ । उनका अनुसार किनेपछि गाडी रिप्लेस हुँदैन, बन्छ मात्र । तर, गाडी रिप्लेस गर्न भनेर आफुसँग बार्गेनिङ्ग गरिएको आरोप उनको छ । तर, यता आफुलाई पीडीत भन्दै पत्रकार सम्मेलन गरिरहेकाहरु भन्छन्, ‘कम्पनीबाट हामी ठगीमा पर्यौं ।’ 

कुरा कसको सहि हो, कसको आरोप सहि हो त्यो अदालतले निक्र्योल गर्ला, तर गाडी बिग्रिरहनु र पीडीतले दाबी गरेजस्तै हुने हो भने त्यो ठगीभन्दा कम हुनै सक्दैन । हाम्रो भन्नु यति हो, पछि रोई कराई गर्नुभन्दा बेलैमा बुझेर मात्र गाडी किन्नुपर्छ ।

अहिले विभिन्न अफरका नाममा कमसल गाडी बेच्ने काम मेलाको नाम दिएर भईरहेको छ । आगो लाग्ने सम्भावना भएका किरा गाडीहरुलाई हिरा भनेर भिडाउने काम भईरहेको छ । अनि भन्सार विभागदेखि सरकारी निकायहरु हामीलाई केही थाहा छैन भनेर पन्छीरहेका छन् । यो विधि नै अल्पमतमा पर्ने देशमा तपाईं हामी नै चनाखो हुनुको विकल्प छैन । (भिडियो)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी