काठमाडौँ । सेयर विश्लेषक तथा चार्टर्ड एकाउन्टेन्ट मनिष अर्यालले सेयर बजारमा अहिले देखिएको करेक्सन स्वस्थ रहेको बताएका छन् । ‘बजार घट्यो, अझै घट्छ’ भन्दै भइरहेको हल्लामा सत्यता नभएको दाबी गर्दै अर्यालले बजारको करेक्सन सामान्य र आवश्यक भएको पनि उल्लेख गरेका छन् ।
अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘बजार विमर्श’मा बोल्दै अर्यालले तर पछिल्लो समय सार्वजनिक भइरहेका बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुको रिपोर्ट लगानीकर्ताले नपत्याउँदा त्यसको सामान्य असर बजारमा देखिएको बताएका छन् । उनले हाल सार्वजनिक भइरहेका रिपोर्ट पनि पत्याइहाल्ने खालको नभएको पनि बताएका छन् ।
अर्कोतर्फ बजार घट्नुको कारण रिपोर्ट मात्र नभएको पनि अर्यालको भनाई छ । उनले अहिलेको बजारको करेक्सनलाई बजार बलियो बन्ने आधारका रुपमा पनि लिन सकिने बताएका छन् । ‘बुलिस बजारमा सेयर बजार बढ्छ पनि घट्छ पनि तर अहिले बजार घट्नु भनेको बजार बलियो हुनु पनि हो ।’, उनले भने, ‘अहिले बजार केही घटेर फेरि र्यापिडले बढ्ने सम्भावना देखिन्छ ।’
त्यस्तै, उनले ब्रोकरले लिमिट घटाएका कारण बजार घट्यो भन्ने चर्चामा पनि खासै सत्यता नभएको बताएका छन् । बरु बुलिस बजारमा ब्रोकरले लिमिटमा टाईट नै गर्ने भएकाले यही कारणले बजार घटेको भन्न नसकिने पनि अर्यालले बताएका छन् । अर्यालसँग गरिएको बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्