काठमाडौँ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको लहर सुरु भएसँगै साडी, चुरा-पोते, गहना र मेहन्दीको व्यापार ह्वात्तै बढेको छ । अहिले देशभरका बजारमा साडी, चुरा-पोते, गहना र मेहन्दी पसलमा भीड बढेको छ ।
ग्राहकको भीडा ह्वात्तै बढेपछि अहिले व्यापारीहरु पनि व्यस्त भएका छन् ।
अहिले काठमाडौँ उपत्यकाको इन्द्रचोक, असन, न्युरोड, मंगलबजार, लगनखेल लगायतमा तिजको किनमेल गर्नेहरुको भीड बढेको छ । यसो त बाह्रै महिना व्यस्त रहने यि बजारहरुका साडी, चुरा-पोते, गहना र मेहन्दी पसलहरुमा अहिले झनै धेरै भीड बढेको छ ।
पसलहरुमा कोहि नयाँ पोते उन्न, कोही मेहन्दी र साडीका ब्रान्ड सजाउन व्यस्त देखिन्छन् । साउन लागेसँगै हरिया, पहेँलो, राता रंगका चुरापोते किन्नेहरुको जमात बढेको छ । तीजको अवसरमा भने चुरा र पोते पसलहरु खचाखच देखिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः