×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरैपछी बिहीबार सेयर कारोबार हुने, त्यसपछि फेरि पटक पटक बिदा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धेरैपछी बिहीबार सेयर कारोबार हुने, त्यसपछि फेरि पटक पटक बिदा

Artha Sarokar

३१ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धेरैपछि बिहीबार सेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना नै जारी गरेर बिहीबार (असोजगते)देखि कारोबार सूचारु हुने जनाएको हो । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण सेयर बजार भदौ २४ गतेदेखि बन्द गरिएको थियो । त्यसयता हालसम्म बजार बन्द नै छ । 

आन्दोलनका कारण बन्द गरिएको बजार बुधबारदेखि खोल्ने तयारी गरिएको थियो । तर, सरकारले असोज १ गते (बुधबार) शोक बिदा दिएसँगै सो दिन खुल्ने भनिएको सेयर बजार बिहीबार खुल्ने भएको छ । 

तर, बिहीबार खुलेको सेयर बजार त्यसपछि भने फेरि पटक पटक बन्द रहनेछ । बिहीबार खुलेको बजार लगत्तै शुक्रबार र शनिबार नियमित रुपमा बन्द रहनेछ । त्यसपछि दशैँको बिदा लगायतका बिदा परेकाले बजार पटक पटक बन्द रहनेछ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी