Skip to content
LAXMI SUNRISE BANK

जेनजी आन्दोलनमा निधन भएकाहरुलाई प्रति परिवार १० लाख दिने घोषणा

अर्थ सरोकार

काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा निधन भएकाहरुलाई प्रति परिवार १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उक्त घोषणा गरेको हो ।

आइतबार पदभार ग्रहण गर्दै कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी छिन् ।

सरकारले आन्दोलनमा निधन भएकाहरुलाई प्रति परिवार १० लाख दिने निर्णय भएको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका छन् । त्यस्तै, सरकारले निधन भएकाहरुलाई शहिद घोषणा गर्ने पनि निर्णय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK