Skip to content
LAXMI SUNRISE BANK

अस्पतालबाट छुट्दै आरजु र देउवा, देउवा ससुरालीमा बस्ने !

अर्थ सरोकार

काठमाडौँ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नी डा. आरजु राणा अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको कुटाइबाट घाइते भएका उनीहरु हस्पिटलबाट डिस्चार्ज हुने भएका हुन् ।

स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकले स्वास्थ्यस्थिति विश्लेषण गरेपछि उनीहरु हस्पिटलबाट छुट्ने भएका छन् । आन्दोलनकारीले देउवा दम्पत्तिलाई रगताम्य हुनेगरी कुटपिट गरेका थिए ।

घाइते देउवालाई ८ ओटा टाका लगाईएको थियो । टाँका खोलिएको र अन्य जटिल स्वास्थ्य समस्या नभएका कारण उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्न लागेको बुझिएको छ ।

आन्दोलनका क्रममा बूढानीलकण्ठ स्थित देउवा निवासमा आगजनी भएका कारण हाललाई शेर बहादुर देउवा ससुरालीमा बस्ने भएका छन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK