काठमाडौँ । महावीर पुनको नाम बदनाम गरेर विवादमा तानिएका चार्टर्ड एकाउन्टेन्ट कृष्णहरी बुढाथोकीलाई उनका साझेदार (पार्टनर)हरुले मेनेजिङ पार्टनरबाट हटाएका छन् ।
पुनको बदनाम गरेको, विवादित अभिव्यक्ति दिएको, सिए फर्मको परिचयपत्रको दुरुपयोग गरेको लगायतका तथ्य सार्वजनिक भएपछि उनी कार्यरत सिए फर्म आरपिकेएस एण्ड एसोसिएट्सले विज्ञप्ति नै जारी गरेर उनलाई तत्कालका लागि मेनेजिङ पार्टनरबाट हटाएको हो ।
फर्मका साझेदार प्रज्ज्वल अधिकारीले बुढाथोकीलाई हालका लागि मेनेजिङ पार्टनरबाट हटाइएको, सम्पर्कविहीन भएकाले सम्पर्कमा आउन भनिएको र दुईबुँदे स्पष्टिकरण सोधिएको पुष्टि गरे ।
उनी आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले समेत कारवाहीका लागि पार्टीले उनी कहाँ संगठित छन् ? भन्ने तथ्य बुझिरहेको बताइएको छ ।
यता नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)मा तीन फरक फरक उजुरी परेको छ । एउटा उजुरीमा त उनको लाइसेन्स खारेज गर्नसमेत माग गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्