Skip to content
LAXMI SUNRISE BANK

देउवाको घरमा भेटिएको पैसाबारे छानविन गर्न काँग्रेस महामन्त्रीको माग

अर्थ सरोकार

काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेर बहादुर देउवाको घरमा भेटिएको भनिएको पैसाबारे छानविन गर्नुपर्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

उनले पार्टी सभापतिको घरमा भेटिएको भनिएको र जलेका नोटका बारेमा निष्पक्ष छानविन होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । 

जेनजी आन्दोलनका क्रममा पार्टी सभापतिको घरमा भेटिएका पैसाबारे अहिले विभिन्न हल्ला चलिरहेको भन्दै उनले निष्पक्ष छानबिन गरेर सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् । हाल सो विषयमा सम्पत्ति शुद्धिकरणले पनि अध्ययन गरिरहेको भन्दै शर्माले अध्ययनपछि आउने नतिजा जस्तो आए पनि स्वीकार गर्नुपर्ने बताएका छन् । 

यद्यपि देउवाको सचिवालयले केही दिनअघि देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएको र जलेको भन्ने हल्ला र भिडियोहरु वास्तविक नभएको दाबी गरेको थियो । त्यस्तै, महामन्त्री शर्माले जेनजी आन्दोपछिको परिस्थितिलाई बुझेर अब पार्टीलाई सुदृढ गर्दै अघि बढाउन आवश्यक रहेको पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK