काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालमाथि दुर्व्यवहार भएको छ । मंगलबार नेप्सेका कर्मचारीले नै अध्यक्षमाथि दुर्व्यवहार गरेका हुन् ।
मंगलबार अचानक आक्रोशित हुँदै अध्यक्षको चेम्बरमा प्रवेश गरेका कर्मचारीले चेम्बरमै अध्यक्षमाथि दुर्व्यवहार गरेका थिए ।
कर्मचारीहरु चर्काचर्की गर्दै दुर्व्यवहार गरेपछि अध्यक्ष उठेर घरतिर हिँडेका थिए । नेप्सेका कर्मचारीका अनुसार अध्यक्षको कार्यशैली मन नपराउने केही कर्मचारीले अध्यक्षमाथि दुर्व्यवहार गरेका हुन् ।
ती कर्मचारीका अनुसार अध्यक्ष नियुक्त भएदेखि नै धमाधम विभिन्न काम थालेका अध्यक्ष बस्यालले कर्मचारीलाई एकपछि अर्को निर्देशन दिन थालेपछी कर्मचारी उनको कार्यशैलीप्रति असन्तुष्ट देखिएका थिए । ‘मंगलबार त अध्यक्षज्यूको चेम्बरमै गएर चर्काचर्की गरे । गाली पनि गरे ।’, ती कर्मचारीले भने, ‘हद भएपछि अध्यक्षज्यू उठेर हिँड्नुभएको हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्