×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५ करोडको कर्जा सिमा हटाउन अर्थमन्त्रीले निर्देशन दिने, कार्यदलको औपचारिक सिफारिस कुर्दै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२५ करोडको कर्जा सिमा हटाउन अर्थमन्त्रीले निर्देशन दिने, कार्यदलको औपचारिक सिफारिस कुर्दै !

Artha Sarokar

५ आश्विन २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सेयर धितो कर्जामा लगाइएको २५ करोडको क्याप हटाउन निर्देशन दिने तयारी गरेका छन् । उनले कार्यदलमार्फत आएको सुझावका आधारमा २५ करोडको क्याप हटाउन निर्देशन दिने तयारी गरेका हुन् ।

हाल अर्थ मन्त्रालयले सेयर बजार सुधार तथा विस्तारका लागि कार्यदल नै गठन गरेर अध्ययन गरिरहेको छ । 

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । कार्यदलको सदस्यसचिव अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई तोकिएको छ । 

उक्त कार्यदलले पाँच दिनभित्र अध्ययन गरी पूँजी बजार सुधार र विस्तारका लागि सुझाव पेश गर्नुपर्नेछ । 

यसो त २५ करोडको क्याप हटाउने विषयमा अर्थमन्त्रीले सोझै राष्ट्र बैंकलाई निर्देशन दिन मिल्दैन । तर, सेयर बजार सुधार तथा विस्तारका लागि गठन गरिएको कार्यदलमार्फत २५ करोडको क्याप हटाउन सुझाव ल्याउने र सोहीअनुसार राष्ट्र बैंकलाई आग्रह गर्ने अर्थमन्त्रीको तयारी रहेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार अर्थमन्त्री खनालले हाल कार्यदलको सुझाव पर्खिरहेका छन् । कार्यदलले सुझाव पेश गरेलगत्तै अर्थमन्त्रीले सोही अनुसार २५ करोडको क्याप हटाउन राष्ट्र बैंकलाई आग्रह गर्नेछन् । 

हाल अर्थमन्त्री बनेका खनाल विगतदेखि नै पूँजी बजारप्रति सकारात्मक छन् । उनले यसअघिदेखि नै सेयर धितो कर्जामा लगाइएको क्याप हटाउनेबारे सार्वजनिक रुपमै बोल्दै आएका थिए । यतिसम्म कि उनले यसअघि लगाइएको ४-१२ नीति बजारमा आवश्यक नै नभएको र तत्काल खारेज नै गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनी २५ करोडको क्याप हटाउने विषयमा पनि सकारात्मक छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी