काठमाडौँ । पूर्व अर्थमन्त्री विष्णु पौडेलले जनतासँग माफी मागेका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले संविधान दिवसको अवसरमा दिएको सन्देशमा उनले जनतासँग माफी मागेका हुन् ।
उनले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति माफी मागेका छन् ।
त्यस्तै, उनले एमालेले विगतमा लिएका निर्णय, गरेका काम र तिनको परिणामका विषयमा गम्भीर समीक्षा गर्ने पनि उल्लेख गरेका छन् । उनले युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको पनि बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएका हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीलाई कारवाही गर्न र क्षति भएका संरचनाहरु यथाशीघ्र पुनर्निर्माण गर्न पनि सरकारसँग माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्