काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले गाडी सुविधा फिर्ता गरेका छन् । उनले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सेवानीवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा खारेज गर्ने निर्णयसँगै महराले आफूले लिइरहेको गाडी सुविधा फिर्ता गरेका हुन् ।
महराले आइतबार गाडी सुविधा फिर्ता गरेको संसद् सचिवालयले जनाएको छ । यसअघि सरकारले पूर्वसभामुखलाई गाडी र आवश्यक इन्धन र सवारी चालक सुविधा दिँदै आएको थियो । तर, अन्तरिम सरकारले उक्त सुविधा खारेज गरिदिएको थियो ।
पूर्वपदाधिकारीको गाडी सुविधा खारेज गर्दै सरकारले सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न पत्राचार गरेको थियो । सोही पत्रका आधारमा महराले आफूले लिइरहेको गाडी सुविधा फिर्ता गरेको संसद् सचिवालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्