Skip to content
LAXMI SUNRISE BANK

लुटिने डरले सुनचाँदी व्यवसायीले पसलमा सुन राख्न छोडे

अर्थ सरोकार

काठमाडौँ । सुनचाँदी व्यवसायीले आफ्नो पसलबाट सबै सुन घर लागिरहेको पाइएको छ । देशभर कैदीहरु भागेको समाचार आएपछि र कतिपय सुनचाँदी पसलहरुमा चोरहरुले वितण्डा मच्चाएका भिडियोहरु सार्वजनिक भएपछि व्यवसायीहरुले आफ्नो पसलको सुन घर लगेर राखिरहेको पाइएको हो ।

केहि दिन अगाडी विभिन्न सुन पसलहरुमा लुटपाट भएका घटना सार्वजनिक भएका थिए । लुटेराहरुले सुन र चाँदीका गहना तथा भाँडाकुँडा चोरेर भागेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि सुनचाँदी व्यवसायीहरुले पसलमा सुन राख्न छोडेका हुन् ।

पसलको तुलनामा घरमा नै सुन सुरक्षित हुने हुनाले घरमा सुन सारिरहेको व्यवसायीहरुले बताएका छन् । कतिपय व्यवसायीहरुले भने अहिले पनि पसलको सुन घर ल्याउन नसकेकाले तनाव खेप्नु परिरहेकोसमेत जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK