Skip to content
LAXMI SUNRISE BANK

३५ वर्षअघि ५१ अर्ब थियो सरकारी ऋण, अहिले २७ खर्ब नाघ्यो

अर्थ सरोकार

काठमाडौँ । नेपालको सार्वजनिक ऋण २७ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो । 

जसअनुसार अहिले प्रत्येक नेपालीको भागमा ९४ हजार ६५ रुपैयाँ ऋण पर्छ । यो २०७८ सालको नेपालको जनसंख्यालाई आधार मानेर निकालिएको तथ्यांक हो । जबकी ३५ वर्षअघि प्रतिव्यक्ति ऋण २ हजार ८ सय ४२ रुपैयाँ थियो ।

२०४७ सालमा सरकारी ऋण ५१ अर्ब ४७ करोड ४० लाख थियो । जसमध्ये आन्तरिक ऋणको हिस्सा १४ अर्ब ६७ करोड ३१ लाख र बाह्य ऋणको हिस्सा ३६ अर्ब ८० करोड ९ लाख थियो । 

त्यसबेला कुल ग्राहस्थ उत्पादनको अनुपातमा सरकारी ऋण ४९.८ प्रतिशत थियो भने प्रत्येक नेपालीको भागमा २ हजार ८ सय ४२ रुपैयाँ ऋण पर्थ्यो । तर, पछिल्लो समय सार्वजनिक ऋण ह्वात्तै बढेपछि प्रतिव्यक्ति ऋण पनि बढ्दै गएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK