×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदालतको आदेशको अपव्याख्या गर्दै ‘दादागिरी’ शैलीमा प्राधिकरणमा हाजिर गर्न जाने ओझालाई हाजिर नगर्न सरकारको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अदालतको आदेशको अपव्याख्या गर्दै ‘दादागिरी’ शैलीमा प्राधिकरणमा हाजिर गर्न जाने ओझालाई हाजिर नगर्न सरकारको निर्देशन

Artha Sarokar

२ आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अदालतको आदेशको अपव्याख्या गर्दै ‘दादागिरी’ शैलीमा बीमा प्राधिकरण पुगेका शरद ओझालाई हाजिर नगर्न सरकारले निर्देशन दिएको छ । तत्कालीन सरकारले बर्खास्त गरेका ओझा अध्यक्षकै रुपमा प्राधिकरण पुगेपछि सरकारले हाजिर नगर्न निर्देशन दिएको हो । 

ओझाले प्राधिकरणको अध्यक्ष बन्न बुझाएको योग्यता र अनुभवको कागज फर्जी भएको सरकारी समितिले ठहर गरेपछि उनलाई पदबाट बर्खास्त गरिएको थियो । 

बर्खास्तीमा परेपछि आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय खारेज गर्न र पुनर्बहालीको माग गर्दै ओझा सर्वोच्च पुगेका थिए । ओझाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई अध्यक्षबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न भदौ २३ गते अल्पकालीन आदेश दिएको थियो । 

अदालतको उक्त आदेशको अर्थ उनको बर्खास्ती खारेज वा प्राधिकरणको अध्यक्षमा ओझाको पुनर्बहाली होइन । तर, उनी अध्यक्षकै रुपमा प्राधिकरण पुगेपछी सरकारले  हाजिरी रोक्न निर्देशन दिएको छ । ओझा गत मंगलबार (भदौ ३१) गते बीमा प्राधिकरणमा अध्यक्षको कार्यकक्षमा पुगेर हाजिर गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी