काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङलाई बधाई दिएका छन् ।
शाक्यले घिसिङलाई उर्जामन्त्री भएकोमा बधाई दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उर्जामन्त्री भएकोमा कुलमानलाई बधाई दिएका छन् ।
उनले उर्जा क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै कुलमानलाई सम्बोधन गरेका छन् । ‘उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ ।’, उनले लेखेका छन् ।
त्यस्तै, शाक्यले कुलमानलाई सफल कार्यकालको शुभकामना दिनुका साथै उर्जा क्षेत्रमा सफलता मिलोस् र समृद्ध नेपाल बनोस् भन्दै शुभकामना दिएका छन् ।