Skip to content
LAXMI SUNRISE BANK

असोजभित्र हतियार फिर्ता गरे सम्मान, पछि भेटिए कारवाही !

अर्थ सरोकार

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा लगिएका प्रहरीको हतियार फिर्ता गर्नेलाई सम्मान गरिने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै हतियार फिर्ता गर्नेलाई सम्मान गरिने जनाएको हो ।

मन्त्रालयले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न ठाउँमा रहेका सुरक्षा निकायबाट हतियारहरु हराएकोले ती हतियार फिर्ता गर्न र फिर्ता गर्नेलाई सम्मान गरिने जनाएको छ । 

ती हतियारहरु फिर्ता गर्न गृह मन्त्रालयले असोज मसान्तसम्मको समय दिएको छ । असोज मसान्तभित्र हातहतियार फिर्ता गर्नेलाई उचित सम्मान गरिने गृह मन्त्रालयले जनाएको छ । 

तर, सो अवधिमा पनि हतियार फिर्ता नगर्ने र खोजतलासमा कसैसँग हतियार फेला परेका कारवाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK