काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राख्दै सुधार र विस्तारका कार्यहरु तत्काल अगाडि बढाउने जानकारी दिएको छ ।
लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा बोर्डको कार्यालयमा लगानीकर्ताहरुको २२ बुँदे माग पत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दोस्रो बजारका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘सुरुदेखि नै मेरो धारणा के हो भने दोस्रो बजार पहिलो प्राथमिकता हुनुपर्छ भन्ने नै हो । मेरो पहिलो प्राथमिकता दोस्रो बजार हो । खासगरी साना लगानीकर्ताहरुले जुन भोग्नुपर्ने समस्या छ त्यसलाई बेवास्ता गर्न सक्दिनँ ।’, उनले भने, ‘कति आधिकारिक कम्पनीहरु, निवेदक कम्पनीहरुको पनि आफ्नो आवश्यकता छ पुँजी संकलनको लागि र यो नै माध्यम पनि हो । त्यो जरुरी छ । तर यी दुई वटालाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्छ भन्नेमा म स्पष्ट छु ।’
अध्यक्ष श्रेष्ठले आफूले सँधै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै आएको बताएका छन् । ‘यहाँहरुसहित समस्त बजार लगानीकर्ताहरु मात्र नभई कम्पनीहरुको भावना बुझेको छु ।’, उनले भने, ‘बोर्डको कुर्सीमा आइसकेपछि मैले सँधै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै आएको छु । यहाँहरुले उठाउनुभएको कुरामा आफैँ पनि चिन्तित छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्