काठमाडौँ । एनआईसी एशिया बैंकको सीइओबाट रोशन कुमार न्यौपानेले राजिनामा दिएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले आफुले बैंकबाट राजिनामा दिएको पुष्टी गरेका छन् । यसैबीच हामीले उनीसँग संक्षिप्त कुराकानी गरेका छौँ ।
१. बैंकबाट किन राजिनामा दिनुभयो ?
घरमा श्रीमती एकदम बिरामी छिन् । म आफैंलाई पनि सन्चो भएन । यस्तो बेलामा लामो समय बिदा बस्न ठिक मानिन । त्यसैले राजिनामा दिएको हुँ ।
२. अर्को कुनै बैंकमा जाने तयारी हो कि के हो ?
होइन । अव म बैंकिङमा फर्किन्न होला । केहि आफ्नै र नयाँ गर्ने सोचमा छु ।
३. विदेश जाने सोच त छैन ?
छैन । जे गर्छु, नेपालमै गर्छु ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्