काठमाडौँ । सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा २२ बुँदे माग बुझाएका छन् । दोस्रो बजारको हितका लागि भन्दै लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा बोर्ड पुगेका लगानीकर्ताको समूहले बोर्डमा २२ बुँदे माग बुझाएको हो ।
बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई मागपत्र बुझाउँदै लगानीकर्ताले सुझाव कार्यान्वयन गर्न, नभए सेयर बजार गम्भीर संकटतर्फ जाने चेतावनी समेत दिएका छन् ।
लगानीकर्ताले सबै सूचीकृत कम्पनीहरुको संस्थापक हिस्सेदारी ५१ प्रतिशत कायम गर्नुपर्ने, ब्रोकरमार्फत मार्जिन ट्रेन्डिङ तत्काल सुरुवात गर्नुपर्ने, संस्थापक हिस्सेदारी सम्बन्धी कानूनी व्यवस्था नभएसम्म आइपिओ रोकिनुपर्ने, प्राथमिक र दोस्रो बजारमा संस्थागत लगानीकर्ताका सहभागिता वृद्धि गर्नुपर्ने, सबै आइपिओमा बुक बिल्डिङ अनिवार्य रुपमा गर्नुपर्ने लगायतका माग राखेका छन् ।
त्यस्तै, लगानीकर्ताहरुले माग पूरा नभए पूँजी बजारले नसोचेको संकट व्यहोर्ने र ७० लाख बढी लगानीकर्ता, ९३ सेयर दलाल, दर्जनौँ मर्चेन्ट बैंकर, सरकार र अन्य सम्बद्ध पक्षहरुले ठूलो क्षति भोग्नुपर्ने दाबी गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः