काठमाडौँ । सेयर लगानीकर्ताका विभिन्न संगठनहरुले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् । आइतबार लगानीकर्ता संगठनका प्रतिनिधिहरुले भेटेरै गभर्नरलाई ज्ञापन पत्र बुझाएका हुन् ।
गभर्नरलाई भेटेरै सेयर बजारमा आएको अस्वभाविक गिरावट सम्बन्धी ध्यानाकर्षण तथा आवश्यक कदम चाल्ने सम्बन्धमा ज्ञापन पत्र बुझाएको वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियारले बताएका छन् ।
गभर्नरलाई बुझाइएको ज्ञापन पत्रमा विभिन्न ६ बुँदा समावेश गरिएको छ । जसमा बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा दोस्रो बजारमा कारोबार गर्न दिनुपर्ने, व्यक्तिगत सेयर धितो कर्जामा लगाइएको २० करोडको क्याप हटाउनुपर्ने, लघुवित्तहरुले २५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने हालको व्यवस्था हटाउनुपर्ने लगायतका माग राखेका छन् ।
आफूहरुको मागप्रति गभर्नर पौडेल सकारात्मक रहेको लगानीकर्ताहरुले बताएका छन् । ज्ञापनपत्रमा सेयर लगानीकर्ता संघ, नेपाल पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघले ऐक्यबद्धता जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्