काठमाडौँ । सेयर लगानीकर्ता १५ मिनेटको नियम खारेजीको माग गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुगेका छन् । बिहीबार सेयर लगानीकर्ताहरु १५ मिनेटको नियम खारेज गर्नुपर्नेसहित ४ बुँदे माग लिएर नेप्से पुगेका हुन् ।
उनीहरुले पहिलो माग नै अन्तिम सेयर कारोबार मूल्य समायोजन प्रक्रिया तुरुन्तै खारेजी राखेका छन् ।
त्यस्तै, लगानीकर्ताले बैंकहरुलाई बिना रोकटोक दोस्रो बजारमा लगानी गर्न दिन, २५ करोडको क्याप हटाउन र कर्मचारीलाई दिने बोनस नगदसँगै सेयरको रुपमा पनि वितरण गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।
उनीहरुले यी मागहरु तत्काल कार्यान्वयन नगरी बजार सञ्चालन नगर्न पनि चेतावनी दिएका छन् । माग सम्बोधन नगरी बजार सञ्चालन गरे लगानीकर्ताले संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्