काठमाडौँ । देशभर कर्फ्यु लाग्दा बैंक पनि नखुलेका बेला डिजिटल बैंकिङमा पनि समस्या आएपछि ज्योति बिकास बैंकका सेवाग्राही मर्कामा परेका छन् । बैंकको अनलाइन र मोबाइल बैंकिङमा ग्राहकको ब्यालेन्स नै गलत देखाउने, ट्रान्सफरसमेत नहुने लगायतका समस्या देखिईरहेका छन् ।
यस्तो हुँदा धेरै ग्रक पैसा हरायो भन्ने चिन्तामा देखिएका छन् । कतिपयले बैंकलाई आफ्नो ब्यालेन्सबारे बुझ्न सम्पर्क गरिरहेका छन् भने कतिपय ग्राहकले वालेटमा समस्या आएको गुनासो गरिरहेका छन् ।
यता बैंकले पनि डिजिटल बैंकिङमा समस्या आएको स्वीकारेको छ । बैंकको सिष्टममा प्राविधिक समस्या आएकाले ग्राहकलाई मर्का परिरहेको ज्योति बिकास बैंकको स्वीकारोक्ति छ । यद्यपी बैंकले यसलाई प्राविधिक समस्या भएको र ग्राहकको पैसा सुरक्षित रहेको दाबी गरेको छ । केहि समय अघि मात्र राष्ट्र बैंकले ज्योति बिकास बैंकको सफ्टवेरलाई लिएर प्रश्न उठाएको थियो ।