काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ । जेनजी आन्दोलनका क्रममा अस्वभाविक बल प्रयोग गरेकै कारण अनुसन्धान भइरहेको भन्दै न्यायिक जाँचबुझ आयोगले ओली र लेखकलाई विदेश जान प्रतिबन्ध लगाएको हो ।
ओली र लेखकसँगै न्यायिक समितिले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि देश छोड्न रोक लगाएको छ ।
त्यस्तै, उनीहरुले उपत्यका बाहिर जाँदा पनि आयोगको अनुमति लिनुपर्नेछ । हुतराज थापाले अनुसन्धान विभागले प्रमुखबाट अवकाश पाइसकेका छन् भने रिजाललाई प्रमुख जिम्मेवारीबाट हटाइएको छ ।
यता ओली र लेखकसहित पाँचजनालाई देश छोड्न प्रतिबन्ध लगाइएपछि जेनजीहरु उत्साहित बनेका छन् । देश छोड्न प्रतिबन्ध लागेपछि उनीहरुलाई सरकारले छिट्टै पक्राउ गर्ने भन्दै उनीहरु उत्साहित बनेका हुन् । ओली र लेखकपछि अन्य नेताहरुमाथि पनि कारवाहीको डण्डा चल्ने स्पष्ट संकेत सरकारले देखाएपछि जेनजीहरु ‘अब देश बन्छ’ भन्दै खुसी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्