×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० ठूला बैंकहरुको लोन पोर्टफोलियो रिभ्युको काम सुरु, रिपोर्ट सार्वजनिक नहुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१० ठूला बैंकहरुको लोन पोर्टफोलियो रिभ्युको काम सुरु, रिपोर्ट सार्वजनिक नहुने !

Artha Sarokar

१९ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्युको काम सुरु भएको छ । रिपोर्ट सार्वजनिक नहुने सर्तमा १० वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्युको काम सुरु भएको हो ।

यसो त लोन पोर्टफोलियो रिभ्यु गर्ने भन्ने कुरामा बैंकहरुले सुरुमा असहमति जनाएका थिए । तर, रिपोर्ट सार्वजनिक नगर्ने बैंकहरुको प्रस्तावमा नेपाल राष्ट्र बैंक र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सहमत भएपछि लोन पोर्टफोलियो रिभ्युको काम अघि बढेको हो ।

बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सले गर्नेछ । राष्ट्र बैंकले उक्त कार्यका लागि करिब ६२ लाख ५४ हजार रुपैयाँको लागतमा सम्झौता गरेको छ ।

सम्झौता अनुसार कम्पनीले राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया गरी १० वटा बैंकको कर्जा पोर्टफोलियो परीक्षण गर्नेछ । सम्झौतामा कम्पनीले पाँच महिनाभित्र पोर्टफोलियो रिभ्युको काम सम्पन्न गर्नुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी