Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंक घोटाला प्रकरणः ४ कर्मचारीलाई चौथो पटक म्याद थपका लागि कञ्चनपुर लगियो

अर्थ सरोकार

काठमाडौँ । महालक्ष्मी विकास बैंकको २ करोड ८५ लाख रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका बैंकका कर्मचारीलाई चौथो पटक म्याद थपका लागि कञ्चनपुर लगिएको छ । उनीहरुलाई आइतबार नै म्याद थपका लागि कञ्चनपुर लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिएका छन् । 

डिएसपी दाहालका अनुसार उनीहरुलाई म्याद थपका लागि कञ्चनपुर लगिए पनि अदालतमा मंगलबार मात्र पेश गरिनेछ । 

‘चारै जना कर्मचारीलाई म्याद थपका लागि उच्च अदालत महेन्द्रनगर इजलास पठाएका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दे डिएसपी दाहालले भने, ‘आज गौरा पर्वको सार्वजनिक बिदा भएकाले भोलि (मंगलबार) मा अदालतमा पेश गरिनेछ ।’ 

बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखामा भएको रकम हिनामिना प्रकरणमा बैंककै तत्कालीन शाखा प्रबन्धक सागर शाही, नगद विभागकी कर्मचारी निर्मला साउँद, कर्जा विभागका कर्मचारी धनन्जय पन्त र ग्राहक सहायता कक्षमा कार्यरत अम्बादत्त पन्त प्रहरी हिरासतमा छन् । उनीहरुमाथि बैंकको पैसा प्रतिबन्धित वान एक्स बेटमा लगाएको आरोप छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK