काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले पुनको नाम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका लागि राष्ट्रपतिसमक्ष पेश गरेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै पुनलाई मन्त्री नियुक्त गर्नेछन् ।
मन्त्री नियुक्त हुनुअघि नै पुनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् । तर, कसैलाई मन्त्री भन्न रहर भए आफूलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न भनेका छन् ।
त्यस्तै, उनले आफूलाई बधाई छ भन्दै फोन गर्न र खादा माला लिएर नआउन पनि आग्रह गरेका छन् । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया भए ह्वाटसएपमा पठाउन पनि पुनले आग्रह गरेका छन् ।
सोमबार पुनसँगै पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री र अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता मिश्रा स्वास्थ्यमन्त्रीमा नियुक्त हुँदैछन् । सम्भवतः आजै शपथ ग्रहण हुने स्रोतको दाबी छ ।