Skip to content
LAXMI SUNRISE BANK

मिनबहादुर गुरुङले भने- ‘राज्यलाई चाहिए आधा सम्पत्ति दिन्छु’

अर्थ सरोकार

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका मालिक मिन बहादुर गुरुङले राज्यलाई चाहिए आधा सम्पत्ति दिन तयार रहेको बताएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा गुरुङले यस्तो बताएका हुन् । 

उनले आफूले विगतमा राज्यलाई चाहिए आधा सम्पत्ति दिन तयार रहेको र अहिले पनि राज्यलाई चाहिएको खण्डमा आफ्नो आधा सम्पत्ति दिन तयार रहेको बताएका छन् । 

तर, उनले व्यवसाय सञ्चालनका लागि तत्काल राहत र सुरक्षा दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । गुरुङले बीमा दाबी भुक्तानीको प्रक्रिया छिटो अघि बढाउन र सुरुमा ५० प्रतिशत भुक्तानीको व्यवस्था गर्न पनि आग्रह गरेका छन् । 

जेनजी आन्दोलनका क्रममा भाटभटेनीका २८ वटा स्टोरमध्ये १२ स्टोरमा आगजनी र ९ वटा स्टोरमा तोडफोड गरिएको थियो । गुरुङले आगजनी र तोडफोडबाट विभिन्न स्टोर पूर्ण रुपमा नष्ट भए पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने घोषणा समेत गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK