Skip to content
LAXMI SUNRISE BANK

सोमबार ३५.९९ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ खर्ब २३ अर्ब ३७  करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा हिमस्टार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK