Skip to content
LAXMI SUNRISE BANK

नेप्से परिसूचक बढ्यो, कारोबार रकम घट्यो

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आइतबारको बजारमा ६ अर्बमाथिको कारोबार भएको थियो । 

आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोमबारको बजारमा हिम स्टार उर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो । 

यता, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK